काठमाण्डु – कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित गोल मार्केटबाट बिहीबार सशस्त्र प्रहरी बल नेपालको टोलीले ३५ लाख २१ हजार २४० रुपैयाँ बराबरको लत्ताकपडासहित १ जनालाई नियन्त्रणमा लिएको छ ।
स्थानीय राधा गोविन्द सप्लायर्सको नाममा दर्ता भएको गोदाममा भारतबाट अवैध रूपमा ल्याएर लुकाइछिपाई राखेको उल्लेखित मूल्य बराबरको लत्ताकपडासहित सप्लायर्सका सञ्चालक ३४ वर्षीय अंकुश गुप्तालाई समेत नियन्त्रणमा लिइएको छ ।
नम्बर ३४ गण कैलाली, प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र कैलाली भन्सार कार्यालयको संयुक्त टोलीले भन्सार छलिको लत्ताकपडासहित गोदाम सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएको सामान र व्यक्तिलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।




प्रतिक्रिया