सशस्त्र प्रहरीद्वारा बिलबिजक नभएको ४६ लाख ५० हजार बराबरको सामग्री बरामद

सशस्त्र प्रहरीद्वारा बिलबिजक नभएको ४६ लाख ५० हजार बराबरको सामग्री बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–९ रातु खोलास्थित बगर ईलाकाबाट सशस्त्र प्रहरीले ४६ लाख ५० हजार रुपैयाँ बराबरको सञ्चार सामग्री बरामद गरेको छ ।

मधेश प्रदेश ०२–००१ स ५२४८ नम्बरकोे ई–रिक्सामा लोड गरी राखेको आवश्यक कागजात तथा बिलबिजक समेत नभएको सञ्चार उपकरण इरिक्सन कम्पनीको ८८६३ बी ४० मोडलको ८ वटा रेडियो सेट सशस्त्र प्रहरीले बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भंगाहा र सुरक्षा बेश पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले सञ्चार सामाग्री बरामद गरेको हो । दूरसञ्चारको टावरमा प्रयोग हुने यी उपकरण कसले कुन प्रयोजनको लागि ल्याइएको खुलेको छैन ।

बरामद सामान तथा रिक्सा आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ ।