फेवातालमा डुङ्गा पल्टिँदा डुबेका ३ जनाको सकुशल उद्धार

फेवातालमा डुङ्गा पल्टिँदा डुबेका ३ जनाको सकुशल उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा डुङ्गा पल्टिँदा पानीमा परेका ३ जनाको सकुशल उद्धार गरिएको छ ।

शनिबार अपराह्न डुङ्गा अचानक पल्टिएपछि डुङ्गामा सवार चालक आमबोटघाटका ४० वर्षीय महेश सुनार, रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का ४९ वर्षीय सोमबहादुर तामाङ र ४४ वर्षीय लालमान थारू फेवातालमा डुबेका थिए ।

घटनाबारे जानकारी पाउनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट खटिएको संयुक्त उद्धार टोलीले तत्कालै उद्धार कार्य सुरु गरेको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमाण्डमा गएको टोलीले मोटरबोटको सहायताले तीनै जनालाई सकुशल फेवातालबाट निकाल्न सफल भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार उद्धारपछि तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।