झाडापखाला पीडित परिवारलाई सशस्त्र प्रहरीको सहयोग रकम हस्तान्तरण

झाडापखाला पीडित परिवारलाई सशस्त्र प्रहरीको सहयोग रकम हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सप्तरी जिल्लाको छिन्मस्ता गाउँपालिका–५ स्थित लोखरम मुसहर टोलका झाडापखाला पीडित बचुन सदालाई २६ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ ।

सहयोग रकम छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, उपाध्यक्ष राजुदेवी यादव तथा वडा नम्बर ५ का वडाध्यक्ष जयप्रकाश ठाकुरको उपस्थितिमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट छिन्मस्ताका बीओपीपति सशस्त्र प्रहरी निरीक्षक सन्तोष न्यौपानेले उनलाई कार्तिक २० गते हस्तान्तरण गरेका हुन् ।

दोलखा जिल्लाको मेलुङ गाउँपालिका–४ भेड्पु निवासी रोज गोलेको समन्वयमा शहरे निवासी एस चाईनिज किचनका प्रबन्धक एवं समाजसेवी साङ्यो योन्जन र निजको श्रीमती निमा मोक्तानले रकम सहयोग गरेका थिए ।

उनीहरूले यसअघि विपन्न तथा जेहेन्दार विद्यार्थी, मानवसेवा आश्रमलाई सहयोग, विद्यालयलाई निजी शिक्षकको व्यवस्था, विद्यालयमा खाजा खानको लागि भाडावर्तनको व्यवस्था लगायतका धेरै सामाजिक कार्यहरूमा समेत सहयोग गर्दै आएका छन् ।

करीब २ हप्तादेखि फैलिएको झाडापखालाको कारण उनका ६६ वर्षीय बुवा, ४ वर्षकी छोरी र १ वर्षको छोराको मृत्यु भएको थियो ।