कालिखोला विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

कालिखोला विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ स्थित कालिखोला आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लत्ताकपडा र शैक्षिक सामग्री वितरण गरिएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मानबहादुर राई प्रमुख अतिथि रहेका थिए । विभिन्न संघसंस्था, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, शिक्षक, विद्यार्थी र स्थानीयको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ कञ्चनजंघा गुल्म ताप्लेजुङले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत विद्यालयको प्राङ्गणमा आयोजना गरेको सीमा क्षेत्र विकास कार्यक्रममा सामग्री वितरण गरिएको छ ।

गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद पाठकले सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिक र विद्यार्थीलाई लक्षित गर्दै नियमित रूपमा सचेतनामूलक तथा सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

उनका अनुसार सशस्त्र प्रहरी बलले सीमा सुरक्षाको महत्त्वबारे जनचेतना फैलाउने, सामाजिक विकृति नियन्त्रण गर्ने र सीमा अपराध रोकथामका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ ।