जेनजी आन्दोलनमा सुरक्षा बेस र हतियार नजोगाएको भन्दै डिएसपीलाई कारबाही सिफारिस

जेनजी आन्दोलनमा सुरक्षा बेस र हतियार नजोगाएको भन्दै डिएसपीलाई कारबाही सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सशस्त्र प्रहरी बलले जेनजी आन्दोलनमा हतियार र कार्यालय जोगाउन नसकेको भन्दै डिएसपी गौतम कुँवरलाई कारबाही सिफारिस गरेको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा बानेश्वरमा रहेको सशस्त्रको सुरक्षा बेस र हतियार नजोगाएको भन्दै डिएसपी कुँवरलाई कारबाही सिफारिस गरिएको हो ।

स्रोतका अनुसार सशस्त्रले आन्तरिक रूपमा छानबिन गरी डिएसपी गौतमलाई कारबाही सिफारिस गरेको बताइएको छ ।

भदौ २४ गते यातायात व्यवस्था कार्यालयमा तोडफोड र आगजनी गर्न पुगेका प्रदर्शनकारीले बेसमा समेत तोडफोड र आगजनी गरेको थियो। त्यसक्रममा हतियार समेत जलेका थिए।