तेस्रो एनएपीएफएस अन्तरविद्यालय रनिङ ट्रफी फूटबल प्रतियोगिता सञ्चालन

तेस्रो एनएपीएफएस अन्तरविद्यालय रनिङ ट्रफी फूटबल प्रतियोगिता सञ्चालन


काठमाण्डु – नेपाल एपीएफ स्कूल कीर्तिपुरमा ‘तेस्रो एनएपीएफएस अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फूटबल प्रतियोगिता २०८२’ माघ १८ गतेदेखि सञ्चालन भएको छ ।

प्रतियोगिताको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले उद्घाटन गरे ।

प्रतियोगितामा नेपाल एपीएफ स्कूल, कीर्तिपुर (रातो), नेपाल एपीएफ स्कूल कीर्तिपुर (निलो), नेपाल एपीएफ स्कूल, कोहलपुर, नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल सप्तरी, सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुर, नेपाल पुलिस स्कूल साँगा काभ्रे, राई स्कुल नक्साल काठमाण्डु, जेम्स स्कूल धापाखेल ललितपुर, डीएभी सुशील केडिया स्कूल जावलाखेल ललितपुर, ब्राइट होराइजन चिल्ड्रेन्स होम मातातीर्थ काठमाण्डु, पिस प्वाइन्ट स्कूल बानेश्वर काठमाण्डु, ब्राइट एन्जल स्कूल थानकोट काठमाण्डु, पेगासस् स्कूल गोकर्णेश्वर काठमाण्डु, सन साइन स्कूल चन्द्रागिरी काठमाण्डु र बाघभैरव स्कूल कीर्तिपुर काठमाण्डु विद्यालयका गरी कूल १५ टीमको सहभागिता रहेको छ ।

फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पहिलो हुने टीमलाई ६० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार रुपैयाँ नगद पुरस्कारसहित रनिङ ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका खेलहरू लिग कम नकआउटको आधारमा सञ्चालन हुनेछ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, अखिल नेपाल फूटबल संघका पदाधिकारी, सञ्चारकर्मी, स्थानीय बुद्धिजीवी तथा भद्रभलाद्मीहरूको उपस्थिति रहेको थियो ।

नेपाल एपीएफ स्कूल कीर्तिपुर (रातो) र पेगासस् स्कूल गोकर्णेश्वरबिच भएको उद्घाटन खेलमा नेपाल एपीएफ स्कूल कीर्तिपुर ६–० गोलले विजयी भएको छ ।