काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले समाजमा हुने मिस इन्फर्मेसन र डिस इनफर्मेसनलाई चिरेर राज्यले लिएको लक्ष्य प्राप्तिमा संगठनमा कार्यरत बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
मंगलबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीको परिसरमा निर्माण भएको नेपाल पूर्वसशस्त्र प्रहरी संघ भवन उद्घाटनको क्रममा महानिरीक्षक अर्यालले एकजुट हुनुपर्ने बताएका हुन् ।
उनले सशस्त्र प्रहरी कर्मचारीहरू आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलपूर्वक सम्पन्न गराउन विभिन्न निर्वाचन क्षेत्रमा तैनाथ रहँदै आइरहेको बताउँदै कार्यमा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू भूमिका समेत उल्लेखनीय रहने विश्वास व्यक्त गरे ।
आईजीपी अर्यालले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूले समाजमा हुने वा हुनसक्ने सम्भावित घटना तथा दुर्घटना लगायतका कुराहरूलाई संगठनसम्म पुर्याई त्यस्ता कार्यहरूलाई समयमा नै सहयोगतर्फ लाग्नुपर्ने बताए । सोही क्रममा महानिरीक्षक अर्यालले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम समेत गरेका थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालमा भर्ना भएका निर्वाचन प्रहरीको भूमिका राष्ट्रिय सुरक्षामा समेत महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनीहरूलाई विपद् सूचकको रूपमा स्थापित गर्न निर्देशन दिए ।




प्रतिक्रिया