सशस्त्र प्रहरी बलमा एआईजीको संख्या बढाउने तयारी


काठमाडौं– सशस्त्र प्रहरी बलले एआईजीको दरबन्दी थप्ने तयारी गरेको छ । नेपाल प्रहरी र नेपाली सेनाले संघिय संरचनाअनुसार प्रदेशमा विशिष्ट श्रेणीका अधिकृतहरुलाई जिम्मेवारी दिएपछि सशस्त्रले पनि त्यसकै लागी लविङ सुरु गरेको हो ।

 

उच्च स्रोतले दिएको जानकारीअनुसार सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले त्यसका लागी प्रधामन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मालाई भेटेर दरबन्दी बढाइदिन आग्रह गरेका छन् । सशस्त्र प्रहरीको नेतृत्वले सेना र प्रहरीबाट प्रदेशमा उपरथी र एआईजीको दरबन्दी हुने र सशस्त्र प्रहरीबाट प्रदेशमा डिआईजीको मात्र दरबन्दी हुदा कार्य संचालनमा अफ्ठेरो पर्ने दाबी गरेका छन् ।

 

 

सशस्त्रले आन्तरीक छलफल गरेर दरबन्दीको टुंगो लगाएपनि गृहमन्त्रालयबाट सकरात्मक संकेत नआएपछि प्रस्ताव मुख्यालयमै अड्किएको छ । सशस्त्र प्रहरी बलमा हाल एआईजीको संख्या ६ जनाको रहेको छ । सशस्त्रमा महानगरीय सशस्त्र प्रहरी बल,प्रशासन,मानवस्रोत,कार्य, ऐकेडेमी  र सिमा विभाग रहेको छ । हाल सवै विभागमा प्रमुखको रुपमा एआईजी कार्यरत छन् ।

 

 

सशस्त्रले ४ जना एआईजीको दरबन्दी थपको लागी लविङ सुरु गरेको छ । विभागले मुख्यालयमा भएका चार वटा विभागलाई समायोजन गरेर दुई वटा बनाउने र बाकी सबै सात प्रदेशमा एआईजी खटाउने तयारी छ ।

 

 

सशस्त्रमा एआईजी बढुवाका लागी डिआईजीहरु जानकी भट्टराई,सुवोध अधिकारी र खडानन्द चौधरीलगायत लविङमा छन् । यता,३० वर्षे सेवाअवधी हटाउने विषयमा संगठनमा सबै उच्च अधिकृतहरु एक भएपनि सशस्त्र प्रहरी महानिरीक्षक र एआईजीको पदावधीको विषयमा भने कुरा मिलेको छैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement