सशस्त्र प्रहरीका तीन एआईजीको सरुवाको तयारी

सशस्त्र प्रहरीका तीन एआईजीको सरुवाको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–सशस्त्र प्रहरीका तीन एआईजीको सरुवाको तयारी भएको छ । मन्त्रिपरिषदको मंगलवार बसेको वैठकमा गृहमन्त्रालयले ल्याएको एआईजी सरुवाको प्रस्तावमा छलफल भएको हो । मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा र आफुले एआईजीको सरुवावारे छलफल गरेर टुंगो लगाउने बताएका थिए ।

गृहमन्त्रालयले कार्यविभागमा रहेका एआईजी नारायणबावु थापाको ऐकेडेमी, एकेडेमीमा रहेका पुष्पराम केसीको मानवश्रोत विभाग र मानवस्रोतमा रहेका रामशरण पौडेलको कार्यविभागमा सरुवा प्रस्ताव गरेको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एआईजीको सरुवाको प्रस्ताव ल्याउन गृहमन्त्री रामबहादुर थापालाई निर्देशन दिएका थिए । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एआईजीको सरुवा रोक्न दौडधुप गरिरहेका छन् । उनले गृहमन्त्री थापा र गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतसंग भेटेर सरुवा रोक्न लविङ गरेको स्रोतको दावी छ ।