सशस्त्रमा ६ एआईजीको सरुवा,प्रशासन जाने खनालको चाहना पुरा भएन


काठमाडौं– गृहमन्त्रालयले सशस्त्र प्रहरीका ६ जना एआईजीहरुको सरुवा गरेको छ । गत मंगलवार बसेको मन्त्रीपरीषदको बैठकले एआईजीहरु प्रेम शाही,प्रकाश ओझा,पुष्पराम केसी,नारायणबावु थापा,शैलेन्द्र खनाल र रामशरण पौडेलको सरुवा गरेको हो । मन्त्रीपरिषदको मंगलवार बसेको बैठकले एआईजीको सरुवा गरेपनि मन्त्रालयले सशस्त्र मुख्यालयलाई भने विहिवार मात्र जानकारी गराएको हो ।

मन्त्रालयले प्रशासन विभागमा कार्यरत एआईजी पुष्पराम केसीलाई कार्यविभागमा र कार्यमा कार्यरत एआईजी शाहीलाई प्रशासन विभागमा सरुवा गरेको छ । सशस्त्रमा दुई जना एआईजीको सरुवा हेरफेर भएपनि अन्य चार जनालाई भने यथावत् राखिएको छ ।

 

एआईजीहरु नारायणबावु थापा मेट्रो, शैलेन्द्र खनाल मानवस्रोत विभाग,प्रकाश ओझा सिमा विभाग र रामशरण पौडेललाई एकेडेमीको जिम्मेवारी दिइएको छ ।

 

सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले प्रशासन विभागमा एआईजी केसीलाई नै राख्ने चाहना राखेपनि गृहमन्त्री जनार्दन शर्माको दबावमा एआईजी प्रेम शाहीलाई प्रशासन विभागमा ल्याइएको हो । सशस्त्रमा एआईजी शैलेन्द्र खनाल प्रशासन विभागमा आउन लविङमा थिए ।

 

उनले आफ्नो सरुवा प्रशासन विभागमा नभए शाहीलाई प्रशासन विभागमा ल्याउनुपर्ने भन्दै उनी प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री शर्माकोमा पुगेको स्रोतको दावी छ । एआईजी केसी र खनाल दुवै यसपछि आईजिपीको प्रतिस्पर्धामा छन् । प्रशासन विभागमा वस्दा सुधारको काम गरेका केसीलाई त्यही राख्न आईजिपी श्रेष्ठले आग्रह गरेपनि मन्त्री शर्मा त्यसमा सहमत नभएको स्रोतको दावी छ ।  

प्रतिक्रिया दिनुहोस
Advertisement