सशस्त्र प्रहरीद्धारा हनुमानगरबाट ठूलो परिमाणमा सुर्ती बरामद

सशस्त्र प्रहरीद्धारा हनुमानगरबाट ठूलो परिमाणमा सुर्ती बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको हनुमानगर नगरपालिका–५ बाट सशस्त्र पहरीको टोलीले ठूलो परिमाणमा अवैध सूर्ती बरामत गरेको छ ।

सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजुु श्रेष्ठको कमाण्डमा खटिएको टोलीले उक्त सामान बरामद गरेको हो । लकडाउनको मौका छोपी तस्करले ठूलो परिमाणको अबैध सुर्ती भन्सार छ्लेर डुङ्गाबाट भारत तर्फ लग्दै गरेको अबस्थामा कोशी नदीको पनारबाट सादा पोसाकमा खटिएको सशस्त्रको टोलीले उक्त सामान बरामद गरेको हो ।

२० बोरा सुर्ती, मन्जन गुल्ल ५ बोरा, मटर ,कपडा लगायतका सामान बरामद गरेको छ । पक्राउ परेका सामानको मूल्य करिब ३ लाख रहेको सशस्त्रले जनाएको छ ।

तस्कर सामान छोडेर फरार भएका छन् । प्रहरीले फरार तस्करको खोजी कार्य तिव्र पारेको छ । बरामद गरेको सामान कुनौली भन्सारमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।