काठमाण्डु – सशस्त्र प्रहरीले एसएसपी र एसपी पदमा बढुवा सिफारिस गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्रमा बढुवा वरियता र कार्यसम्पादनका आधारमा गरेका हुन् ।
सशस्त्रले सोमबार सांझ ६ जना एसएसपी र २२ जना एसपीहरुको बढुवा सिफारिस गरेको हो । एसएसपीमा बढुवा हुनेमा एसपीहरु ध्रुव बहादुर कार्की, जनक पुरी, यादव विश्वकर्मा,टोप बहादुर खनाल, अशोक बम र बिरेन्द्र बहादुर ऐर रहेका छन् ।
त्यसैगरी एसपी बढुवा हुनेमा डीएसपीहरु नरदीप, बस्नेत, भीम विष्ट, दिनेश बस्नेतदेखि अम्विका जोशीसम्म छन् ।
सशस्त्रमा यसअघि बढुवा र सरुवामा विवाद हुने गरेको थियो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले बढुवामा वरियता नमिच्ने अडान लिएपछि सोमबार बढुवा निस्केको हो । उनले सोमबार गरेको एसएसपी र एसपीहरुको बढुवामा समेत एउटै ब्याचभित्रबाट बढुवा गरेका हुन् । अर्यालले सरुवामा समेत मापदण्ड बनाएका छन् ।





प्रतिक्रिया