सशस्त्र प्रहरीका १२ जना एसपी एसएसपी बढुवाका लागि सिफारिस


काठमाण्डु-  सशस्त्र प्रहरीमा १२ जना एसपी एसएसपी बढुवाका लागि सिफारिस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको बैठकले बिहिवार १२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।

सिफारिस हुनेमा एक नम्बरमा राजेश उप्रेती, दोस्रोमा गंगाराम श्रेष्ठ, तेस्रोमा रविनराज कर्णजित,चौथोमा भरत खनियां र पांचौंमा नेत्र बहादुर कार्की रहेका छन् ।

बढुवा सिफारिस हुनेमा एसपीहरु रमेश कुमार पाण्डे,विकाश घिमिरे,तिर्थराज पौडेल,जहरसिंह बुढा मगर,नरेन्द्र बम,सुर्य बहादुर सेन ओली र तेजप्रसाद पोखरेल छन् ।

सिसम दुईका १९ जना ०७५ चैत्रमा डिएसपीबाट एसपीमा बढुवा भएका थिए । त्यसमध्ये अहिले १२ जना मात्र एसएसपीका लागि सिफारिस भएका हुन् ।

बढुवामा चार नम्बरका धुव्र कार्की, ८ नम्बरका विरसिंह साहु, ९ नम्बरका जनक पुरी,१२ नम्बरका यादव विश्वकर्मा,१४ नम्बरका टोपबहादुर खनाल,१६ नम्बरका अशोक बम र १९ नम्बरका विरेन्द्र बहादुर ऐर छुटेका छन् ।

आर्थिक अनियमितताको आरोपमा पर्साबाट तानिएका तेजप्रसाद पोखरेल,रुपन्देहीमा सुरक्षा व्यवस्था मिलाउन नसकेको भन्दै फिर्ता बोलाइएका राजेश उप्रेती, सर्लाहीमा तास काण्डमा तानिएका गंगाराम श्रेष्ठ र ट्राफिक पिटेको आरोप लागेका सुर्य सेन भने शक्ति केन्द्रको आड्मा बढुवा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement