काठमाण्डु – गृहसचिव दिनेश भट्टराईले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको निरीक्षण भ्रमण गरेका छन् । बिहीबार गृहसचिव दिनेश भट्टराईले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुको निरीक्षण भ्रमण गरेका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय निरीक्षण भ्रमणका क्रममा गृहसचिव भट्टराईले नेपाल सरकार गृह मन्त्रालय नेतृत्वबाट अगाडि सारिएका मुल्य मान्यता, निष्ठा र आदर्शलाई आत्मसाथ गर्दै कानून र विधिद्धारा स्थापित आफ्नो जिम्मेवारीहरु समेत मनन गर्दैै राष्ट्र र जनतालाई केन्द्र भागमा राखेर तोकीएको जिम्मेवारीहरु व्यावसायिक ढंगले उच्च मनोबलका साथ बहन गर्न संगठनका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिए ।
उनले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभुमि, संगठनात्मक संरचना, काम कर्तब्य र अधिकार, जिम्मेवारी अन्तर्गतका विषयहरुमा शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, दंगा नियन्त्रण, सार्वजनिक सम्पतिको संरक्षण, राजस्व, भन्सार तथा औधोगिक सुरक्षा, कानुनको कार्यान्वयन, विशिष्ट ब्यक्तिहरुको सुरक्षा लगायतका विषयहरुमा संगठनबाट भएगरेका गतिविधि, प्राप्त भएका उपलब्धी र अगाडि देखापरेका समस्या तथा चुनौतिहरुलाई समेटेर गरिएको प्रस्तुतिकरणले संगठनको समग्र कृयाकलाप बारे थप जानकारी प्राप्त भएको बताए ।
उनले शान्ति, सुरक्षा र प्रतिबद्धताको मुल मन्त्रलाई आत्मसाथ गरी सशस्त्र प्रहरी बलले स्थापना कालदेखि नै विभिन्न आरोहअवरोह पार गर्दै कार्यक्षेत्रमा आईपरेका सुरक्षा चुनौतीहरुलाई सामना गरी नागरिकको जिउधनको सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजश्व सुरक्षा, औधोगिक सुरक्षा लगायतका जिम्मेवारी निर्वाहमा अहोरात्र खटिनुहुने सकल दर्जाका राष्ट्रसेवक कर्मचारीहरुको समर्पणभाव, कर्तव्यपरायणता र लगनशिलताको प्रशंसा गर्दै राज्यले सुम्पेका जिम्मेवारीहरु सँगसगैै सशस्त्र प्रहरी बलले भैपरीआउने बिषम परिस्थितीहरुमा समेत आफ्नो क्षमता, व्यावसायिकता, उच्च पेशागत दक्षता प्रदर्शन गरी राज्यको सक्षम सुरक्षा निकायको रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको बताए।
गृहसचिव भट्टराईले सशस्त्र प्रहरी बल नेपालले सीमित श्रोत साधनको बावजुद कठिन परिस्थिति र स्थानमा समेत सीमा सुरक्षार्थ तैनाथ रहेको र प्रतिकुल अवस्थामा रहेका बिओपीहरुको सुधारको लागि समयानुकुल बन्दोवस्ती व्यवस्थापनमा गृह मन्त्रालय सदैव सकारात्मक रहेको साथै सशस्त्र प्रहरी बल नेपाललाई प्रविधि मैत्रि, चलायमान र सीमा सुरक्षाको डेडिकेटड फोर्स बनाउनुपर्ने उल्लेख गरे ।
उनले शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बलका कर्मचारीहरुले सक्षमता, निपूर्णता तथा तदारुकताका साथ कार्य गर्नु हुनेछ भन्ने अपेक्षा राखेको बताउदै विपद् प्रतिकार्यमा सशस्त्र प्रहरी बल नेपालको भुमिका सह्रानिय रहेको र मन्सुनजन्य कार्यमा पुर्वतयारीमा जुट्नुपर्ने समेत बताए ।
आइजीपी राजु अर्यालले संगठनका राष्ट्रसेवकहरु व्यावसायिक कौशल र बफादारिता एवं लगनशिलताका साथ परिचालित हुँदै नागरिक सुरक्षा, विपद् उद्दार तथा व्यवस्थापन र सीमा सुरक्षामा दरिलो खम्बा बनेर अहोरात्र परिचालित भईरहेको साथै राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षाका खातिर सशस्त्र प्रहरी बल नेपाल सदा सर्वदा प्रतिवद्ध रहेको बताए ।
उनले ईमान्दारिताको पर्याय सशस्त्र प्रहरी बल हो भन्ने मान्यता स्थापित गर्ने अभिप्रायका साथ संगठनका हरेक सदस्यहरुलाई नैतिकवान, चरित्रवान र अनुशासित बनेर राष्ट्र सेवा गर्न प्रोत्साहित गरिरहेको समेत बताए ।
आइजीपी अर्यालले राज्यको मेरुदण्डको रुपमा रहेको राजश्व एवं भन्सार वृद्धि गर्ने कार्यमा भन्सार कर्मचारी, प्रहरी, स्थानीय व्यापारी लगायतका सम्बन्धित सरोकारवालाहरु सबैको रचनात्मक सहयोग अपरिहार्य हुने बताउनुहँुदै सशस्त्र प्रहरी बल नेपाल राज्यको राजश्व संकलन लक्ष्य हासिल हेतु भ्रष्टाचारमा शुन्य सहनशीलताको नीतिलाई कडाईका साथ कार्यान्वयन गर्न गराउन, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, चोरीपैठारी तस्करी नियन्त्रण लगायत नेपाल सरकारले अवलम्बन गरेका नीतिहरुलाई दृढताका साथ पालना गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।




प्रतिक्रिया