सशस्त्र प्रहरीले दशैमा २ वटा निशुल्क बस संचालन गर्ने

सशस्त्र प्रहरीले दशैमा २ वटा निशुल्क बस संचालन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सशस्त्र प्रहरीले दशैँको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा संचालन गर्ने भएको छ । नेपाली सेनाले २१ बस संचालन गर्ने घोषणा गरेसंगै सशस्त्रले पनि निशुल्क बस संचालन गर्ने जनाएको छ ।

दशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकाले सर्वसाधारणको आवतजावतमा सुविधा दिन निःशुल्क बस संचालन गर्न लागेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा प्रदान गर्न सशस्त्र प्रहरीको प्रधान कार्यालयबाट निस्कने एउटा बसले ठूलो भ¥याङ, बनस्थली, वालाजुुहुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरुलाई सेवा प्रदान गर्ने छ ।
यसैगरी नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सीतापाईला, कलंकी, बल्खुु हुँदै विभिन्न ठाउँका यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्ने छ ।

सशस्त्र प्रहरीले काठमाडौं उपत्यकाभित्र संचालन गर्ने सो निःशुल्क बस बडादशैंको नवमी, दशमी र एकादशीका दिन बिहान ०८ः०० बजेदेखि संचालन हुने सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।