चिफ अफ पुलिस सम्मेलनमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक अर्याल अमेरिका प्रस्थान

चिफ अफ पुलिस सम्मेलनमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक अर्याल अमेरिका प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राज्य अमेरिकाको सानडियागोमा असोज २७ देखि ३० गते सम्म संचालन हुन गइरहेको इन्टरनेशनल एसोसियसन अफ चिफ अफ पुलिस (आएसिपी) सम्मेलनमा सहभागी हुन अर्याल मंगलबार अमेरिका प्रस्थान गरेका हुन् ।

आइजीपी अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा हार्दिक बिदाइ गरेका थिए । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको साथ सशस्त्र प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदी समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्ने सशस्त्रले जनाएको छ ।