३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सशस्त्रका डीआईजीसहित १२ जना पुगे सर्वोच्च

३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सशस्त्रका डीआईजीसहित १२ जना पुगे सर्वोच्च

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  सशस्त्र प्रहरीका नायब माहानिरीक्षक (डीआईजी)सहितका अधिकारीहरू ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।

यही भदौ १६ गतेदेखि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकास हुन लागेका डीआईजी अभिकुमार खत्रीसहित १२ जनाले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।उनीहरूको रिटको पेसी मंगलबारलाई तोकिएको छ।

यसअघि नेपाल प्रहरीका २१ जना कर्मचारीले पनि ३० वर्षे सेवा अवधि हटाउन भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमा सुनुवाइ गर्दै ६ भदौमा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ३० वर्षे सेवा अवधि तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ ।