काठमाण्डु – सशस्त्र प्रहरीमा एसएसपीहरुको डिआईजीमा बढुवा सिफारिस भएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले साधारण र प्राविधिकतर्फ रिक्त पांच पदमा बढुवा सिफारिस भएको हो ।
बढुवा सिफारिस हुनेमा एसएसपीहरु बिदुर खड्का,लक्ष्मण बहादुर सिंह र प्रदीप कुमार पाल रहेका छन् । त्यसैगरी प्राविधिक समूह स्वास्थ्यतर्फबाट डा.रुपक महर्जन र संचार तथा ईन्जिनियरिंगतर्फ रिक्त डिआईजी पदमा संदिप थापा बढुवाका लागि सिफारिस भएका छन् ।




प्रतिक्रिया