सशस्त्र प्रहरीको प्रवक्ता फेरिए, डीआईजी खड्काले पाए जिम्मेवारी

सशस्त्र प्रहरीको प्रवक्ता फेरिए, डीआईजी खड्काले पाए जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बलको प्रवक्ता फेरिएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले प्रवक्ताको जिम्मेवारी डीआईजी विदुर खड्कालाई दिएका हुन् । खड्का केही दिनअघि डीआईजीमा बढुवा भएका थिए ।

यसअघि कायम मुकायम एसएसपी कमल तिउसिना सशस्त्र प्रहरी बलको प्रवक्ता थिए । सशस्त्र प्रहरीसँग सम्बन्धित सूचना र जानकारीका लागि ९८५१२७२००७ मा सम्पर्क राख्न सकिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जानकारी दिएको छ ।