सशस्त्रमा ५६ जना इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस

सशस्त्रमा ५६ जना इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरीमा ५६ जना इन्सपेक्टरहरु डिएसपीमा बढुवा सिफारिस भएका छन् । सशस्त्र प्रहरी प्रधान कार्यालयले बिहिवार राति रिक्त ५६ पदमा बढुवा सिफारिस गरेको हो ।

बढुवा हुनेमा रामेश्वर श्रेष्ठ,छविलाल रावत, राजनविक्रम कार्की,धनबहादुर राना मगरदेखी सुरज रिजालसम्म छन् । उनिहरु सिसम ७ का इन्सपेक्टरहरु हुन् ।

राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त भएसंगै सशस्त्रमा रोकिएको सरुवा र बढुवा अघि बढेको हो । यसअघि सशस्त्रमा रिक्त एआईजी, डिआईजी, एसएसपी,एसपी र डिएसपी पदमा बढुवा भइसकेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त भएसंगै अर्यालले सरुवा बढुवामा अन्याय नगर्ने र मातहतका कर्मचारीहरुको वृति विकासमा ध्यान दिने बताएका थिए ।

अर्याल र गृह नेतृत्वको सम्बन्ध सुमधुर भएसंगै बढुवा प्रक्रिया सहज रुपमा अघि बढेको हो । गृह र सशस्त्र नेतृत्वको सम्बन्ध सुमधुर नभएकै कारण यसअघि बढुवा लामो समय रोकिएको थियो ।