सशस्त्र प्रहरीकाे चरम दुरुपयोग


काठमाडौं – सशस्त्र प्रहरीका निवृत्त उच्च अधिकारीले संगठनको जनशक्तिलाई घरायसी कामदारका रूपमा ‘उपयोग’ गरिरहेको भेटिएको छ। सशस्त्र प्रहरीका महानिरीक्षकदेखि नायब महानिरीक्षक (डिआइजी)सम्मका सेवा निवृत्त पदाधिकारीले सरकारको नीतिविपरीत संगठनको जनशक्ति दुरुपयोग गरेका हुन्।

उनीहरूले आफू पदमा हुँदा लगेका चालकसहित सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका सुरक्षाकर्मीलाई अवकाश पाएपछि पनि फर्काएका छैनन्। सशस्त्र प्रहरीका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठपछिका सबै पूर्वमहानिरीक्षकले जनशक्ति दुरुपयोग गर्दै आएका छन्।

सशस्त्र प्रहरी महानिरीक्षक अध्यक्ष तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सदस्य रहने परामर्श समितिले तयार पारेको ‘आन्तरिक नीति’ मा सेवा निवृत्त भएपछि उनीहरूको ‘सुरक्षार्थ’ प्रहरी जनशक्ति उपलब्ध गराउने परिपाटी छ। यो परिपाटीलाई निरन्तरता दिँदै घरायसी कामका लागि प्रहरी जनशक्ति घटाउने क्रम रोकिएको छैन। याे समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement