काठ तस्करीमा सशस्त्र प्रहरीको गाडी प्रयोग


धनकुटा -सशस्त्र प्रहरीले सरकारी प्लेटको गाडीमा लाखौं मूल्यका सखुवाको काठ तस्करी गरेको खुलेको छ ।अरुण गुल्म खाँदबारी, संखुवासभाले प्रयोग गर्ने सरकारी प्लेटको बा१झ १६६९ नम्बरको ट्रकमा राखेर सोमबार राति धनकुटाको मूलघाट पुर्‍याइएको थियो ।

राति करिब ८ बजे मूलघाटस्थित तमोर पुलनजिक रहेको सशस्त्र प्रहरी छिन्ताङ गुल्मको चेक पोस्टमा ट्रक जाँच्ने क्रममा अवैध रूपमा करिब सय क्युबिक फिट सखुवाको चिरान गरेको काठ फेला परेको थियो ।

चेकपोस्टभन्दा करिब ५ सय मिटर दूरीमा रहेको नेपाल प्रहरीको चेक पोस्टमा रोक्न खोज्दा जबरजस्ती उक्त ट्रक अघि बढाएपछि नियन्त्रणमा लिइएको थियो । संखुवासभादेखि मूलघाटसम्म पुग्दा कैयौं स्थानमा रहेका प्रहरी चेक पोस्ट पार गर्दै काठ ल्याइएको थियो ।

बरामद गरिएको काठको बजार मूल्य करिब ७ लाख रुपैयाँ रहेको छ । काठसहित आफ्नै विभागको सवारीसाधन नियन्त्रणमा लिएको घटनाबारे सशस्त्रको पकलीस्थित वाहिनीलाई जानकारी गराएको सशस्त्र प्रहरी मूलघाटका इन्चार्ज इन्स्पेक्टर दुर्गा भट्टले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement