रौतहट- रौतहटमा शुक्रवार राति आएको हावाहुरीले सशस्त्र प्रहरी बस्ने घर भत्किँदा एकजना हवल्दारसहित ४ जना प्रहरी घाइते भएका छन् । भारतीय सीमानासंगै जोडिएको बोर्डर आउट पोष्ट बंकुलस्थित सशस्त्र बस्ने घर भत्किँदा एकजना हवलदार सहीत ४ जना प्रहरी घाइते भएका हुन् ।
असिना र पानी परिरहेको बेला प्रहरीहरु आफ्नै कोठामा बसिरहेका थिए । एक्कासि आएको हुरीले घर भत्काँउदा सशस्त्र प्रहरी हवलदार जंगबहादुर दराई, प्रहरी जवानहरु धिरेन्द्र साह कलवार, बिरेन्द्र साह कानु र प्रथलाल श्रेष्ठलाई चोटपटक लागेको बिओपीका ईन्चार्ज प्रहरी निरिक्षक दिपनरसिंह राईले बताए ।घाइतेहरुको बंकुलस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य हुँदै गएको छ ।




प्रतिक्रिया