सशस्त्रका गोताखारलाई नेपाल इन्स्योरेन्सले दियो विमा वापतको रकम


काठमाडौं– नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले उपचारको क्रममा मृत्यु भएका एक सशस्त्र प्रहरी जवानको श्रीमतीलाई बीमा वापतको २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक संजयविक्रम राणा तथा सो वीमा कम्पनीका प्रमुख डा. प्रणव सेनले आईतबार सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच सशस्त्र प्रहरी जवान स्व. अर्जुन बस्नेतकी श्रीमती विष्णुलक्ष्मी कार्कीलाई उक्त चेक प्रदान गरेका हुन ।

सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय मोरङ्ग नम्बर १ बाहिनीमा कार्यरत सशस्त्र प्रहरी जवान बस्नेत गत जेठ २३ गते झापा जिल्लाको अर्जुनधारा नगरपालिका ८ स्थित एक होटलको छतबाट खसेर घाईते भएका थिए । बस्नेतको उपचारका क्रममा मृत्यु भएको थियो ।

नेपाल इन्स्योरेन्स कम्पनि लिमिटेड र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा २०७४ पौष ६ गते सशस्त्र प्रहरी बल नेपालमा कार्यरत २० जना गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीको एक वर्षे जीवन बीमा गरिएको थियो ।

गोताखोर तालिम प्राप्त गरेका बस्नेत विपदको पूर्व तयारी तथा खोज उद्धार सम्बन्धि अनुशिक्षण तालिमको लागि प्रशिक्षकको रुपमा उक्त स्थानमा खटिएको वेला दुर्घटना भएको सशस्त्र प्रहरी नायव उपरीषक अजय छतकुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement