तादि नदिमा बेपत्ता भएका पण्डितको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकाल्यो

तादि नदिमा बेपत्ता भएका पण्डितको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकाल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–नुवाकोट जिल्लाको दुप्चेस्वर गाउँपालिका ७ शिखरवेशी स्थित तादि नदिमा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक जनाको शव साउन २६ गते सशस्त्र प्रहरीले निकालेको छ । साउन २४ गते शिखरबेशी स्थित तादि नदिमा पौडी खेल्ने क्रममा १८ वर्षिय राम पण्डित नदिमा डुवेर बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा काभ्रे नम्बर १५ गणबाट खोजी कार्यको लागि सशस्त्र प्रहरी बलको गोताखोरसहितको एपीएफ टोली शुक्रबार उद्दारमा खटिएको थियो ।

शनिबार बिहानबाट सशस्त्र प्रहरी सहायक निरीक्षक प्रलाद सिलुवालको कमाण्डमा खटिएको गोताखोर टोलीले घटनास्थलमा खोजी गर्ने क्रममा नदिको खोचको करीव ३५ मिटर भित्रबाट पण्डितको शव बाहिर निकाल्न सफल भएको सशस्त्र प्रहरी नायव उपरीषक अजय छतकुलीले जानकारी दिए ।