काठमाडौं – सीमाको सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलमाथि भारतीय नागरिकले आक्रमण गरेका छन् । शुक्रबार बिहान सर्लाहीको पर्सा ३ मा भारतीय नागरिक नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेपछि भारतीय नागरिकहरुले सशस्त्र प्रहरी पोष्टमै आक्रमण गरेका हुन् ।
सशस्त्र प्रहरीले रोक्न खोज्दा भारतीय पक्षले आक्रमण गरेको र हतियार खोस्न आएपछि फायरिङ भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी प्रविण श्रेष्ठले बताए । फाइरिङका क्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको छ भने पाँच जना घाइते भउका छन् । मृतक र घाइतको परिचय खुलेको छैन् ।
सर्लाहीको संग्रामपुर बीओपीमा सुरक्षामा रहेका सशस्त्र प्रहरी बलमाथि आक्रमण भएको उनले बताए ।
सशस्त्र प्रहरी बलले १५ राउण्ड हवाई फायर गरेको छ । आक्रमणकारी तीन जना घाइते भएका छन् । हतियार खोस्न आउने केही व्यक्ति पक्राउ परेको जनाएको छ । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सीमा क्षेत्रमा भारतीय नागरिक जवर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने र सशस्त्र प्रहरी बलले रोक्न खोज्दा बारम्बार झडप हुँदै आएको छ ।




प्रतिक्रिया