भारतबाट मल ल्याउन खोज्दा विवाद, चार राउण्ड हवाई फायर

भारतबाट मल ल्याउन खोज्दा विवाद, चार राउण्ड हवाई फायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी – पश्चिम नवलपरासीमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ । सशस्त्र प्रहरी र स्थानीयबीच झडप हुँदा अवस्था नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको हो ।

प्रतापपुर गाउँपालिका ५ स्थित बसहिया सीमामा महिलाले भारतबाट सामान ल्याउने विषयमा विवाद हुँदा झडपको अवस्था सृजनामा भएको हो । झडपका क्रममा केही प्रहरी र स्थानीय घाइते भएका छन् । उनीहरु रसायनिक मल तथा अन्य सामाग्री ल्याउन भारत गएका थिए ।

लकडाउनको समयमा भारतबाट सामान ल्याउन नपाइने भन्दै सीमामा खटिएका सशस्त्र प्रहरीले रोकेपछि विवाद भएको थियो ।