एपीएफ अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

एपीएफ अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा काठमाण्डुको बालुवाटारका ७६ वर्षीय पुरुष र राजविराजका ७७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

सप्तरीका पुरुषमा सास फेर्न समस्या भएको थियो । भने बालुवाटारका पुरुषमा अस्पताल पुगेको एक घण्टामा बिहीबार साँझ मृत्यु भएको अस्पतालका प्रहरी उपरीक्षक डाक्टर प्रवीण नेपालले बताए ।

उनी कोरोना संक्रमण पुष्टि भए पनि ६ दिनदेखि होम आइसोलेसनमा थिए । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनी अस्पताल गएका थिए ।