एक वर्षभित्र बोर्डरमा २ सय २१ वटा बोर्डर आउट पोष्ट स्थापना गर्छौ : महानिरीक्षक खनाल


काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले देश र जनताको सुरक्षाको लागि उच्च मनोबलका साथ खटिन निर्देशन दिएका छन् । सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृतहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेपछि मातहत अधिकृतहरुलाई सम्बोधन गर्दै खनालले नेतृत्व तहले राष्ट्र, जनता र संगठनको हितमा कार्य गरेको भन्दै उनले आफुले के पाएँ होइन मैले राष्ट्र र संगठनका लागि के गरे भनेर सोच्नुपर्ने बताए ।

महानिरीक्षक खनालले आफुलाई समय सापेक्ष परिवर्तन र परिमार्जन गर्दै मूलुक र जनताको हितमा हरसमय कार्य गर्न निर्देशन दिए ।

राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्ने कार्यमा कमाण्डरहरु थप जिम्मेवार हुनुपर्ने बताउँदै उनले पद र जिम्मेवारीले मानिसमा परिवर्तन ल्याउने र सो परिवर्तनले समग्र मूलुक र जनतालाई फाइदा पुग्ने धारणा राखे ।

कार्यक्रममा आईजीपी खनालले नेपाल सरकारबाट प्राप्त निर्देशन अनुसार २ सय २१ वटा बोर्डर आउट पोष्ट १ बर्षभित्र स्थापना गर्ने लक्ष्य अनुरुप हालसम्म १ सय २४ ठाउँमा स्थापना भईसकेको र यस वीचमा उत्तरतर्फ २ वटा बोर्डर आउट पोष्ट स्थापना गर्न सफल भएको जानकारी समेत दिए ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement