बुटवल – सशस्त्र प्रहरीका प्रहरी निरीक्षण (इन्सपेक्टर) तेजबहादुर जोरा र सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी पक्राउ परेका छन् ।
ऋख्तियार अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीको गैडहवा गाउँपालिका विष्णुपुरास्थित वेश क्याम्पका इन्सपेक्टर जोरा र हवल्दार चौधरीलाई गैडहवा–३ बाट ६ हजार घुसरकमसहित पक्राउ गरेको हो ।
घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए । दुवैलाई नियन्त्रणमा लिएर बुटवलमा राखिएको छ ।




प्रतिक्रिया