कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका इन्सपेक्टर बुढाथोकीको मृत्यु

कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका इन्सपेक्टर बुढाथोकीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरस संक्रमणका कारण सशस्त्र प्रहरीका इन्सपेक्टर नवीन बुढाथोकीको मृत्यु भएको छ । तेह्रथुम स्थायी घर भएका बुढाथोकीको विराट मेडिकल कलेज विराटनगरमा उपचारकै क्रममा सोमबार राति मृत्यु भएको हो ।

हाल ३ नं गण मोरङमा कार्यरत रहेका इन्सपेक्टर बुढाथोकी कोरोना संक्रमण नियन्त्रणकै काममा खटिएका थिए । कोरोना संक्रमण बाहेक उनलाई अन्य दीर्घ रोगहरु नदेखिएको शसस्त्र प्रहरीका प्रवक्ता राजु रिजालले जनाकारी दिए ।