घुससहित सशस्त्रका दुई जवान पक्राउ

घुससहित सशस्त्रका दुई जवान पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले सशस्त्र प्रहरी सहायक हवलदार र एकजना जवान २० हजार घुसको रकमसहित रंगेहात पक्राउ परेका छन्।

शुक्रबार सेवाग्राहीबाट भारतबाट सामान ल्याउनका लागि सहजीकरण गर्ने भन्दै असुल गरेको २० हजार घुसको रकमसहित पक्राउ गरेकाे हाे ।  सशस्त्र प्रहरीको बिओपी भजनीमा कार्यरत सहायक हवल्दार ज्ञानबहादुर चौधरी र जवान रतीराम चौधरीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका निमित्त प्रमुख प्रेम बस्नेतले बताए।

‘दुवै जनालाई भजनी नगरपालिका १ बाट पक्राउ गरेका छौं’ उनले भने, ‘आवश्यक अनुसन्धान र सोधपूछको कार्य भइरहेको छ।’