पर्सामा एपीएफ टोलीद्वारा चोरीपैठारीको कपडा बरामद

पर्सामा एपीएफ टोलीद्वारा चोरीपैठारीको कपडा बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा– सशस्त्र प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याउंदै गरेको कपडा बरामद गरेको छ । पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित रजत जयन्ती चोकबाट साउन ११ गते एपीएफ टोलीले करीव ५ लाख रुपैयाँ बराबरको सुटको कपडा बरामद गरेको छ ।

ना ४ ख १७८७ नम्बरको ट्रकमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त कपडा सशस्त्र प्रहरी बल नेपाल राजश्ज तथा भन्सार सुरक्षा गुल्मले बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक तिलक खड्काले जानकारी दिए ।

एपीएफ टोलीले बरामद कपडा तथा ट्रक आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विरगंजमा बुझाएको जनाएको छ । बरामद कपडा तथा गाडीको भन्सार दाखिला मुल्य करीव २० लाख ३५ हजार रुपैयाँ रहेको छ ।