सशस्त्र प्रहरीद्वारा सिरहामा अबैध काठ बरामद

सशस्त्र प्रहरीद्वारा सिरहामा अबैध काठ बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान – सिरहाको लहान नगरपालिका–१५ शोभापुरबाट सशस्त्र प्रहरीको टोलीले अवैध रूपमा लुकाइछिपाइ राखेको अवस्थामा गए राति ठूलो परिमाणमा काठ बरामद गरेको छ ।

सशस्त्र प्रहरी बेसक्याम्प लहानबाट खटिएको टोलीले सालको तयारी झ्याल, ढोकाको ६३ थान १४।२९ क्यूफिट काठ बरामद गरेको हो ।

बरामद काठ आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय लहानमा बुझाएको सशस्त्र प्रहरी बेसक्याम्प लहानका प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिए ।