आज काठमाडौंमा सशस्त्र र नेपाल प्रहरीकाे बस निःशुल्क चढ्न पाइने,यस्तो छ रुट

आज काठमाडौंमा सशस्त्र र नेपाल प्रहरीकाे बस निःशुल्क चढ्न पाइने,यस्तो छ रुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीले मंगलबार (आज) विजया दशमी (टीका)को दिन निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको छ।

नेपाल प्रहरीले मंगलबार (आज) विजया दशमी (टीका)को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको हाे ।

सार्वजनिक सवारीसाधन आज निकै न्यून संख्यामा चल्ने भएको दसैँको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यका दुईवटा रुटमा निःशुल्क सेवा दिन लागिएको प्रहरीले जनाएको छ । बिहान साढे ८ बजेदेखि अपराह्न ४ बजेसम्म दुईवटा रुटमा निःशुल्क बस सञ्चालन हुनेछ ।

रूट नम्बर १ नयाँ बसपार्क,बालाजु,स्वयम्भू,कलंकी,बल्खु,सातदोबाटो,लखनखेल,जावलाखेल,थापाथली,माइतीघर, पुतलीसडक, जयनेपाल हल, नक्साल,बालुवाटार,शिक्षण अस्पताल महाराजगञ्ज,चक्रपथ हुँदै चल्ने छ।

दोस्रो रूट चावहिल, सुकेधारा, चक्रपथ, शिक्षण अस्पताल महाराजगञ्ज, बालुवाटार, नक्साल, रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकसम्म सञ्चालन हुने छ।

आज सशस्त्र प्रहरीले पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ । सार्वजनिक सवारी साधन दसैँको समयमा नचल्दा काठमाडौं उपत्यकामा दसैँमा सर्वसाधारणले हैरानी बेहोर्नु पर्दै आएको छ ।