सशस्त्र प्रहरीले निरीक्षकदेखि सहायक निरीक्षकसम्म माग्यो २८२ जनाको दरखास्त

सशस्त्र प्रहरीले निरीक्षकदेखि सहायक निरीक्षकसम्म माग्यो २८२ जनाको दरखास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सशस्त्र प्रहरी प्रधान कार्यालयले विभिन्न पदहरुमा दरखास्त आव्हान गरेको छ ।  सशस्त्र प्रहरी बल, मानव स्रोत विभाग, तालिम निर्देशनालयले ४३ सशस्त्र प्रहरी निरीक्षक र २३९ सशस्त्र प्रहरी सहायक निरीक्षकका लागि भर्ना आह्वान गरेको हो ।

सशस्त्र प्रहरीले शुक्रबार एक सूचना जारी गरी इच्छुकले असोज १९ देखि कात्तिक १८ गतेसम्म आवेदन बुझाउन सकिने जनाएको छ । आवेदन सशस्त्र बलको प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालयका ७ वटै बाहिनमा बुझाउने व्यवस्था समेत मिलाइएको छ ।