सशस्त्र प्रहरीमा बढुवा प्रक्रिया सुरु, १६ वर्षपछि ५६ इन्सपेक्टर डिएसपी बन्दै

सशस्त्र प्रहरीमा बढुवा प्रक्रिया सुरु, १६ वर्षपछि ५६ इन्सपेक्टर डिएसपी बन्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाको प्रक्रिया सुरु भएको छ ।बढुवा समितिले शुक्रबार एक सूचना जारी गर्दै डिएसपीमा बढुवाका आकांक्षीहरुलाई १० दिनभित्र शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न भनेको छ ।

२१ फागुुन २०६२ मा फ्रेसमा भर्ना भएका सिसं ६ का इन्सपेक्टरहरु १६ वर्षदेखि डीएसपी हुन सकेका छैनन् । हाल सशस्त्रमा रिक्त डीएसपी पद संख्या ५७ छ । अब सिसं ६ का ५६ जना इन्सपेक्टरको बढुवा हुन लागेको हो । हाल एसपी पदमा बढुवा रोकेर डिएसपीमा प्रक्रिया अघि बढाइएको छ ।

त्यस्तै, लेखातर्फ एक डिएसपी पदमा पनि बढुवा प्रक्रिया अघि बढाइएको छ । जसमा सिसं ४ का राजकुमार ढकाल प्रत्याशी हुन् । तर, हेडक्वार्टरको लेखामा बसेर अकुत कमाएका इन्सपेक्टर गणेश मल्ल पनि त्यसका लागि दौडधुपमा लागेका छन् ।