सशस्त्र प्रहरीको मुख्यालयमा आगजनी गर्ने हवल्दार जेल चलान

सशस्त्र प्रहरीको मुख्यालयमा आगजनी गर्ने हवल्दार जेल चलान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला अदालत काठमाडौंले सशस्त्र प्रहरी बलको स्टोर कक्षमा आगजानी गरेको मुद्दामा सशस्त्रकै हवल्दार रामकृष्ण श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

 

सई हुुतबहादुर थापा साढे सात लाख धरौटीमा रिहा भएका छन्।

 

४ पुस गते आर्थिक कारोबारसम्बन्धि गोप्य कागजपत्र जलाएको घटनामा उनी पुर्पक्षका लागि थुनामा रहेको महानगरीय प्रहरी वृत्त स्वयम्भुका डिएसपी किशोर श्रेष्ठले बताए।

 

घटनामा संलग्न रहेको आरोप लागेका अर्का सइ निलबहादुर श्रेष्ठ फरार छन्। पक्राउ परेका हवल्दार श्रेष्ठले अख्तियारले आफुहरुमाथि छानबिन थालेपछि कागजपत्र जलाएको बताएका थिए।

 

गृहका सहसचिव कृष्ण राउत संयोजकत्वमा रहेको छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा सिआईबीले आन्तरिक छानबिन गरिरहेको छ।