काठमाण्डु – सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख आईतबार नियुक्त गर्ने तयारी गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले आईतबार अनिवार्य अवकास पाउंदैछन् । गृहमन्त्री बालकृष्ण खांडले गृहमन्त्रालयमा आइतबार ३ बजे दुवै आईजीपीको विदाई कार्यक्रम समेत राखेका छन् ।
आइतबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषदको बैठकले प्रहरी र सशस्त्रमा आईजीपी नियुक्त गर्ने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो । प्रहरीमा वरियतामा तेस्रो नम्बरमा रहेका एआईजी धीरजप्रताप सिंह र सशस्त्रमा राजु अर्याललाई आईजीपी बनाउने तयारी छ ।
सशस्त्रमा एआईजी अर्याल आईजीका लागि एक मात्र दाबेदार हुन् भने प्रहरीमा पहिलो नम्बरमा रहेका एआईजी विश्व पोखरेल,सहकुल थापा, सिंह र चौथो नम्बरमा रहेका रविन्द्र धानुक आईजीपीको दौडमा थिए । तर, प्रधानमन्त्री देउवाले सिंहलाई नै बनाउने निर्णय गरिसकेको स्रोतको दावी छ । सिंहको पक्षमा उनकी पत्नी आरजु राणा र सचिवालयका सदस्य छन् ।
शनिवार वरियतामा मिच्दा चुनावको बेला विवाद हुने भन्दै गृहमन्त्री बालकृष्ण खांड, संचारमन्त्री ज्ञानेन्द्र कार्की, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले पोखरेललाई नै आईजीपी बनाउन आग्रह गरेपनि प्रधानमन्त्री देउवा त्यसमा सहमत नभएको बताइन्छ । शनिबार क्याविनेट राखेर निर्णय गर्ने तयारी भएपनि नेताहरुको दबावको कारण नियुक्ति प्रक्रिया रोकिएको थियो ।
प्रहरी महानिरीक्षकको दौडमा रहेका पोखरेलले शनिवार कांग्रेस उपसभापति खड्कासंग भेटवार्ता समेत गरेका थिए । उनले आफुलाई अन्याय भए अदालत जाने भेटमा बताएको स्रोतको दावी छ ।
पोखरेलले सिंहलाई आईजीपी नियुक्त गरे आफुले राजीनामा दिने र सर्वोच्च अदालतमा रिट दिने जानकारी दिइसकेका छन् । त्यसका लागि उनले कानुन व्यवसायीहरुसंग समेत परामर्श गरिसकेका छन् । यता प्रधानमन्त्री देउवाले महान्यायाधीवक्ता खम्बबहादुर खाती र निकट कानुन व्यवसायी केशव जोशीसंग सिंहको नियुक्तीबारे परामर्श गरका छन् ।
यो पनि पढ्नुहोस्-
सशस्त्रमा ३० वर्षे सेवाअवधी तत्काल नहट्ने, राजु अर्याललाई महानिरीक्षक नियुक्त गर्ने तयारी
एआईजी धीरजप्रताप सिंहलाई महानिरीक्षक नियुक्त गर्ने सरकारको तयारी




प्रतिक्रिया