सशस्त्र प्रहरीमा ठुलो मात्रामा उच्च अधिकारीको सरुवा (सुचीसहित)

सशस्त्र प्रहरीमा ठुलो मात्रामा उच्च अधिकारीको सरुवा (सुचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरीमा ठुलो मात्रामा उच्च अधिकारीको सरुवा भएको छ । गृहमन्त्री रामबहादुर थापा इण्डोनेसिया भ्रमणमा गएकै दिन आईतबार सांझ सशस्त्रमा डिआईजी,एसएसपी,एसपी र डिएसपीहरुको सरुवा भएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालद्धारा हस्ताक्षरित उक्त सरुवामा डिआईजी चिरञ्जिवी अधिकारीलाई ५ नम्बर प्रदेशमा र प्रविण श्रेष्ठलाई ४ नम्बर प्रदेशमा सरुवा गरिएको छ । त्यसैगरी एसएसपी रामप्रकाश श्रेष्ठलाई ३ नम्बर प्रदेशको कायममुकायम डिआईजीको जिम्मेवारी दिइएको छ ।

ककनीमा तालिम केन्द्रको प्रमुख हुंदा सिपाईलाई बिदा छाडेर आर्थीक अनियमितता गरेको आरोपमा छानविनमा परेका र पुर्व क्षेत्रमा बस्दा कमाण्डरको आदेश नमानेको भन्दै कार्वाहीमा परेका एसएसपी नारायणदत्त पौडेललाई दुई महिनामा नै सरुवा गरेर प्रधान कार्यालयमा रहेको तालिम निर्देशनालयमा जिम्मेवारी दिइएको छ ।

यसअघि उनको सरुवा महानगरीय सशस्त्र प्रहरीको कार्यालयमा रहेको सशस्त्रको इण्टेलिजेन्स प्रमुखका रुपमा भएको थियो । अर्का एसएसपी बेचन यादवलाई ५ नम्बर प्रदेश कार्यालयमा सरुवा गरिएको छ । त्यसैगरी सशस्त्र प्रहरी बलको मुख्यालयले ६ एसपी र २१ डिएसपीको जिम्मेवारी समेत हेरफेर गरेको छ ।

यस्तो छ सरुवाको सुची-