खैरो हेरोइनसहित दुई जना पक्राउ

खैरो हेरोइनसहित दुई जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालले बारामा ठूलो परिमाणमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपालका डिआइजी दिपेन्द्र शाहको नेतृत्वको टोलीले बारामा खैरो हेरोइनसहित दुई जना पक्राउ गरेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा बाराको जितपुर–सिमरा उपमहानगरपालिका–५ बकुलियास्थित वीरगञ्ज–पथलैया सडकखण्डमा चेकजाँच गरेको थियो । सो क्रममा प्लास्टिकबाहेक ८० ग्राम खैरो हेरोइन बरामद भएको हो ।

पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–४, सोलखपुरका २८ वर्षीय हुस्नेन अन्सारी र वीरगञ्ज महानगरपालिका–१४, चिनीमिल पिपराका १८ वर्षीय राजनकुमार पासवान छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट लागूऔषधसँगै ३ थान एन्ड्रोइड मोबाइल फोन बरामद भएको छ । त्यस्तै, उनीहरूले प्रयोग गरेको भनिएको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ । कालो–सेतो रंगको उक्त मोटरसाइकलको नम्बर प्र।२–०३००९ प ३७५६ रहेको छ । टोलीले उनीहरूको साथबाट नगद १ हजार १ सय १० रुपैयाँ र एक थान एटीएम कार्ड समेत बरामद गरेको जनाएको छ ।

बरामद लागूऔषध, मोटरसाइकल तथा अन्य सामग्रीसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।