भिरमा अड्किएका गौतमको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

भिरमा अड्किएका गौतमको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत – भिरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीले  सकुशल उद्वार गरेको छ ।शुक्रबार पर्वत जिल्लाको कुश्मा नगरपालिका ५ स्थित बडागाउँ भिरमा अड्किएका एक जना व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको हाे ।

पर्वतको कुश्मा नगरपालिका ७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षिय गौतम गिरी हिड्ने क्रममा माघ १९ गते भिरमा खसेका थिए । सोबारे स्थानीयले सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण चण्डिका पर्वतलाई जानकारी गराएपछि उक्त गणबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डको टोलीले उनलाई रोप रेस्क्यु विधि अपनाई करीव १५ मिटर तलबाट सशुकल उद्वार गरेको हो ।

उद्वार पश्चात उनलाई उपचारको लागि जिल्ला अस्पताल पर्वततर्फ पठाएईको साथै उनको अवस्था भने सामान्य रहेको बताईएको छ ।