सशस्त्रद्वारा खोलामा हाम्फालेकी युवतीको जिवितै उद्धार

सशस्त्रद्वारा खोलामा हाम्फालेकी युवतीको जिवितै उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरीले रुपन्देहीबाट एक जना युवतीको जिवितै उद्धार गरेको छ । सिद्धार्थनगर नगरपालिका २ स्थित डण्डा खोलामा साउन२४ गते पुलबाट हाम्फालेकी २७ बर्षिय पबित्रा अधिकारीको सशस्त्र टोलीले जीवितै उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनको उद्धार गरेको हो ।

अधिकारीले पुलबाट हाम्फालेको खबर पाउनासाथ तत्कालै सशस्त्रको टोलीले उनलाई खोलाबाट जीवितै बाहिर निकालेको थियो । अधिकारीलाई आवश्यकका लागि भिम अस्पताल भैरहवा पठाइएको छ ।