सशस्त्र प्रहरीका २ जना सई निलम्बित

सशस्त्र प्रहरीका २ जना सई निलम्बित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरीका दुई जना सई (प्रहरी नायब निरीक्षक) निलम्बनमा परेका छन् ।

आचारविपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी बल नेपाल नम्बर-२८ गण कपिलवस्तुमा कार्यरत सई गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सई कृष्णबहादुर मगरलाई निलम्बन गरेको हो ।

सुवेदीले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापनाका लागि सशस्त्र प्रहरी कर्मचारीलाई पुर्याएर कार्यालय फर्कने क्रममा जिम्मेवारी सही ढंगले पूरा नगरेको आरोपछ । ४ कात्तिकमा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका थिए ।

२० असोजमा भारतीय भूमिमा मृत फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवको घटनामा प्रारम्भिक छानबिन गर्दा विभागीय नीति तथा आदेश विपरीत काम गरेको भन्दै मगरलाई निलम्बन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।