राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा पदक विजेता खेलाडीलाई सशस्त्रको सम्मान

राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा पदक विजेता खेलाडीलाई सशस्त्रको सम्मान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरीले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सोमबार सशस्त्र मुख्यालयमा आयोजित कार्यक्रममा नेपाल एपीएफ क्लवका खेलाडीहरुलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले विजयी खेलाडीहरुलाई बधाई दिंदै खेलकुद क्षेत्रको बिकासमा टेवा पुग्ने गरी संगठनमा आवद्ध खेलाडीहरुको मनोवल उच्च बनाई राख्न आवश्यक सेवा सुविधाहरु समेत थप गर्दै लैजाने संगठनको योजना रहेको जानकारी दिए ।

उनले प्रतियोगितामा सहभागी खेलाडीहरु, व्यवस्थापक तथा प्रशिक्षकहरुलाई धन्यवाद दिंदै नेपाल एपीएफ क्लवका खेलाडीहरुले संगठनमा उपलब्ध श्रोत साधनको उच्चतम प्रयोग गर्दै आगामी दिनमा समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

नेपाल एथलेटिक्स संघको आयोजनामा काठमाडौंको दशरथ रंगशालामा यही असार १० गतेदेखि १२ गतेसम्म संचालन भएको उक्त प्रतियोगितामा नेपाल एपीएफ क्लवका खेलाडीहरुले ९ स्वर्ण, ६ रजत र ८ कास्य गरी कुल २३ पदक जित्न सफल भएका थिए ।