सशस्त्रमा रोकिएको बढुवा सुचारु : मास्के र मण्डल एसपीमा बढुवा सिफारिस

सशस्त्रमा रोकिएको बढुवा सुचारु : मास्के र मण्डल एसपीमा बढुवा सिफारिस


काठमाण्डु – सशस्त्र प्रहरी बलका दुई जना प्रावधिक डिएसपीहरु एसपी बढुवामा सिफारिस भएका छन् । सशस्त्र प्रहरीले गठन गरेको बढुवा समितिको सचिवालयले सोमबार संचार तथा इन्जिनियरिङतर्फ रिक्त दुई एसपी पदमा मिलन मान मास्के र संजय कुमार मण्डल बढुवाका लागि सिफारिस भएका हुन् ।

सशस्त्रले जारी गरेको सुचनामा बढुवा उपर चित्त नबुझे सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिने सकिने उल्लेख छ । सशस्त्रमा साधारण समुहतर्फ आइतबार सांझ ३७ जना डिएसपीहरुको एसपी बढुवाका लागि नाम सिफारीस भएको थियो । उनिहरुको जेष्ठताअनुसार बढुवा सिफारिस भएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि संगठन प्रमुख राजु अर्यालले संगठनलाई नीति र विधिमा चलाउने र कार्यसम्पादन र जेष्ठतालाई आधार बनाउने बताएका थिए । आइतबार र सोमबार भएको बढुवा सिफारिसमा उनले आफ्नो प्रतिवद्धतालाई व्यवहारमा उतारेको सशस्त्रै अधिकारीहरु बताउंछन् ।

एसपी बढुवामा आफ्ना नातेदार र नजिकका डिएसपीहरुको बढुवा गर्न आईजीपी अर्याललाई सत्तारुढ दलका शिर्ष नेताहरुको दबाव रहेको स्रोत बताउंछ । तर, उनले वरियता र कार्यसम्पादनमा अघि रहेकालाई बढुवा सिफारिस गरेका छन् ।