काठमाण्डु- सशस्त्र प्रहरी बल (एपीएफ)का तीन जना उपरीक्षक (एसपी) अनुसन्धानका लागि हेडक्वार्टर तानिएका छन् । उनिहरु तिनै जनालाई आर्थिक अनियमितता गरेको आशंकामा मुख्यालय तानिएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एसपीहरु टोपबहादुर डाँगी र उद्धव रावलको नेतृत्वमा तराईका जिल्लामा मार्सल टोली खटाएका छन् । सीमामा खटिएका सशस्त्र प्रहरीका कमाण्डरहरुले आर्थिक अनियमितता गरेको उजुरीपछि अर्यालले गोप्य ढंगले टोली परिचालन गरेका छन् । टोलीले दिएको रिपोर्टका आधारमा एसपीत्रयलाई हेडक्वार्टर बोलाइएको हो ।
मुख्यालय तानिनेमा १२ नम्बर गण हेडक्वार्टरका प्रमुख एसपी राजेन्द्र थापा, १३ नम्बर गण हेडक्वार्टरका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर पश्चिम नवलपरासीका रुपकुमार क्षेत्री रहेका छन् । पोखरेलमाथि विरगंजमा ३ लाख रुपैया लिएर सामान छोडेको आरोपमा समेत अनुसन्धान भइरहेको छ ।
उनिहरुलाई २४ घण्टाभित्र मुख्यालयमा हाजिर हुन निर्देशन दिइएको थियो । अनुसन्धानका लागि बोलाइएका अधिकारीहरु दोषि देखिए कार्वाही गर्ने सशस्त्रको तयारी छ ।




प्रतिक्रिया