सशस्त्र प्रहरीकाे प्रवक्तामा एसएसपी थापा

सशस्त्र प्रहरीकाे प्रवक्तामा एसएसपी थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बलको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापालाई दिइएको छ।यसअघिका सशस्त्र प्रहरी बलको प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक बिदुर खड्काको सशस्त्र प्रहरी बलको

नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय (चन्द्रौटा, कपिलवस्तु) मा काज सरुवा भएपछि उक्त जिम्मेवारी वरिष्ठ उपरीक्षक थापालाई दिइएको हो।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारीका लागि उनलाई मोबाइल नम्बर ९८५१२७२००७ र इमेल ठेगानामा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ।