सशस्त्रमा १३ जना एसपी एसएसएपीमा बढुवा(सुचीसहित)

सशस्त्रमा १३ जना एसपी एसएसएपीमा बढुवा(सुचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बलमा १३ जना एसपीहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारीस् भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले आईतबार १३ जना एसएसपीहरुको बढुवा सिफारीस गरेको हो ।

एसएसपी बढुवा हुनेमा विदुर खड्का, भेष बहादुर शाह,प्रदिप कुमार पाल,लक्ष्मण बहादुर सिंह,शान्ती कुमार कार्की, कृष्णराज पाठक,जयबहादुर खड्का, नेत्र कुमार खत्री, प्रकाश श्रेष्ठ, बेनु प्रसाद पाठक, श्याम कोइराला, सुदेश कुमार गुरुङ्ग र रमेश कुमार सुवेदी रहेका छन् ।

सशस्त्रमा १६ जना एसएसपीहरुको दरबन्दी रिक्त भएपनि १३ जना मात्र बढुवाको लागी योग्य थिए । सशस्त्र प्रहरीमा एसएसपी बढुवाका लागी एसपी भएको चार वर्ष अवधी पुगेको हुनुपर्ने नियम छ ।